April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सभामुख ‘रबर स्ट्याम्प’ मात्र: विश्वप्रकाश शर्मा

1.2K

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरे रबर स्ट्याम्प बनेको आरोप लगाएको छन्।

कांग्रेसको अवरोधवीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि शर्माले प्रतिनिधिसभा बैठक कक्षबाटै सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधकाबिच सभामुखले प्रक्रिया अगाडि बढाएका थिए । 

Advertisement

महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेखेका छन्– ‘संसद्‌मा आज सभामुख देखिनँ । देखिरहेको छु (रबर स्ट्याम्प) बनाएर कसैले मर्यादाको चीरहरण गरेको अँध्यारो चित्र मात्र ।’

घिमिरे एमालेबाट सभामुख बनेका हुन्।