February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेन: नेविसंघ

2K

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको बताएको छ । नेविसंघले बिहीवार एक विज्ञप्ति जारी गर्दै दैनिक उपभोग्य बस्तुको मूल्यवृद्धि भइरहे पनि सरकारले नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् ।

अध्यक्ष दुजाङ शेर्पाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “अस्वभाविक महँगी र मूल्यवृद्धिलाई यथाशीघ्र नियन्त्रण गर्न सरकारले अनुगमन र नियन्त्रणलाई कडाइका साथ लागु गर्नुपर्छ। कालोबजारी रोक्नुपर्छ र सुपथ मूल्यका पसलहरूको व्यवस्थापन गर्न नेविसंघ माग गर्दछ ।”

मूल्यवृद्धिले जनताको जनजीवन कष्टकर बन्दै गएको नेविसंघको भनाइ छ । खाद्यान्नको कृतिम अभाव सिर्जना भएको र कालोबजारी हुँदासमेत सरकारले नियन्त्रण गर्न नसकेको नेविसंघको आरोप छ ।

Advertisement