April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आज देशभरको मौसम सफा रहने

2K

काठमाडौँ – आज काठमाण्डाै उपत्यकासहित देशभरको मौसम सफा रहेको मौसमविद्ले बताएका छन् ।

आज पनि हिजो जस्तै देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज काठमाण्डाैको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

अधिकतम तापक्रम भने २० देखि २२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ । यस्तै भोलि बेलुकादेखि भने देशका केही ठाउँको मौसम बद्ली हुन सक्ने पूर्वानुमान गरिएको छ ।

Advertisement

स्थानीय वायुको प्रभावका कारण भाेलि बेलुकादेखि मौसम बद्ली हुने तर पानी भने नपर्ने मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।