November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अन्तःशुल्क स्टिकर छपाइका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

2.9K

काठमाडौं – सर्वोच्च अदालतले अन्तःशुल्क स्टिकर छपाइका सबै काम रोक्न अन्तरिम आदेश दिएको छ। मिराज प्रिन्टिङ सोलुसन्सका मनोहरराज घिमिरेले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले खरिद प्रक्रिया यथास्थानमा राख्न आदेश दिएको हो।

सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले यसअघि पनि अदालतबाट आदेश भएको र उक्त आदेशको परिपालना नभएको देखिएकाले तत्काल प्रक्रिया रोक्न आदेश दिएको छ।

सर्वोच्चको यो आदेशसँगै २०७७ असोज २८ गतेबाट सुरु भएको अन्तशुल्क स्टिकर खरिदको प्रक्रिया रोकिएको छ।

Advertisement