November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

काठमाडौंको तापक्रम पाँच डिग्री भन्दा तल

2.3K

काठमाडौं – देशभर चिसो बढ्न थालेको छ।  केही दिनयता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको हो। 

आज उपत्यकाको न्यूनतम तापक्रम बिहान ४ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २२ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ। सबै भन्दा कम तापक्रम जुम्लामा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यहाँको तापक्रम माइनस २ डिग्री भन्दा कम छ। यसै गरी दोलखाको जिरीको तापक्रम शून्य दशमलव तीनमा झरेको छ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम बिहानै देखि आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।  यी दुई प्रदेशमा दिउँसोसम्म मौसम बदली रहने महाशाखाका मौसमवीद् मिन कुमार अर्यालले जानकारी दिए। अन्य भु–भागको मौसम सामान्यतया सफा छ।

Advertisement