April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

लेकालीलाई ‘गुन्जन पुरस्कार’ प्रदान 

1K

काठमाडौं । गुञ्जन (नारी साहित्यिक संस्था)ले आज साहित्यकार राधेश्याम लेकालीलाई ‘गुन्जन साहित्य पुरस्कार २०८०’ बाट सम्मानित गरेको छ।

गुन्जनकी अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एल बी क्षेत्री, वरिष्ठ कवि द्वारिका श्रेष्ठ र वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठले नगद दस हजार राशीसहित सो सम्मान प्रदान गरेकी हुन्।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एलबी क्षेत्रीले ‘नारीवाद’ विषयमा आफ्नो धारणा राखेका थिए ।

Advertisement

संस्थाकी महासचिव सुस्मिता नेपालले सञ्चालन गर्नु भएको सो कार्यक्रममा साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।