April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रूपैयाँले बढ्यो

1.5K

काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रूपैयाँले बढाएको छ । नेपाल आयल निगमले आज १२ बजेबाट लागू हुने गरी मूल्य बढाएको हो ।

ईण्डियन आयल कर्पोरेशन लिमिटेडबाट १ फेब्रुवरी २०२३ (माघ १८, २०७९ )मा प्राप्त खरिद मूल्यसूची बमोजिम पेट्रोलमा ८.१ रूपैयाँ प्रतिलिटर, डिजेलमा ७.९८ प्रति लिटर मट्टितेलमा, ४.६१ प्रति लिटर र हवाई इन्धनमा ७.८० प्रतिलिटर बढेर आएको निगमले जनाएको छ ।

त्यसैले, निगमले भोलिबाट लागू हुने गरी पेट्रोल र डिजेलरमट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ३ रूपैयाँले बढाई पेट्रोलमा प्रतिलिटर १७८ र डिजेल र मट्टितेलमा प्रति लिटर १७५ कायम गरिएको छ ।

Advertisement

साथै हवाई ईन्धन र एलपि ग्यासको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको छ। निगमले नेपाल सरकारको ऋण र ईण्डियन आयल कर्पोरेशन लिमिटेडलाई फेब्रुवरी २०२२ मा तिर्नुपर्ने बक्यौता भुक्तानी गरी करिब १६ अर्ब ३० करोड तिर्न बाँकी छ ।