November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

२५ वर्षदेखि उडान भर्दै आएको बुद्ध एयरका दुई बिचक्राफ्ट बिक्री

1.7K

काठमाडौं । बुद्ध एयरले २५ वर्षदेखि उडान भर्दै आएको दुई बिचक्राफ्ट बिक्री गरेको छ । जहाजको व्यावसायिक उडानमा लागत बढ्दै गएकाले बिक्री गरेको कम्पनीले जनाएको छ ।

पुरानो जहाज भएपनि मेन्टेनेन्सपछि जहाजले काम गर्ने हुँदा क्यानडियन कम्पनीले खरिद गरेको हो । बुद्धले १९९७ अक्टोबर ११ मा यही जहाजमार्फत पहिलो व्यावसायिक उडान सुरू गरेको थियो। बुद्धले बिचक्राफ्ट ‘बी १९०० डी’ जहाजबाट उडान सुरू गरेको थियो।

कम्पनीले १८ सिट क्षमताका यी जहाज २५ वर्षसम्म नियमित उडान गरे। विगत तीन वर्षदेखि भने कम्पनीले यी जहाज बिक्रीका लागि राखेको थियो।

Advertisement