April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

लुम्बिनी केबलकार निर्माणको काम अन्तिम चरणमा

1.7K

काठमाडौं । रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पा जिल्लाको बशन्तपुरसम्म निर्माणाधीन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ। केवल कार परियोजनाको निर्माण कार्य २०७८ साल पौष महिनामा सुरु भएको हो ।

शुक्रवार काठमाडौँमा आयोजित कम्पनीको १९औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन पेस गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरूको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सञ्चालनमा आउने बताए।

ूकेबलकार टावरहरूको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ। टप स्टेसनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडी बढिरहेको कुरा जानकारी गराउन चाहन्छु,’ उनले भने।

Advertisement

उनले केबलकारको सम्पूर्ण गोण्डोला लगायतका उपकरणहरूको विदेशबाट आयत गर्ने कार्य सम्पन्न भई ९ वटा टावर मध्ये ७ वटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी २ वटा टावरको जडान कार्य पनि अन्तिम चरणमा पुगेको बताए।

त्यस्तै टप स्टेसनमा केवल कार उपकरणहरूको जडान कार्य सम्पन्न भइसकेको छ भने बटम स्टेसनमा केवल कार उपकरणहरूको जडान कार्य अगाडी बढिरहेको छ, उनले भने। साथै उनले सम्पूर्ण इलेक्ट्रोमेकानिकल कार्यहरूको निर्माण तथा जडान गर्ने कार्य द्रुतगतिमा अगाडि बढिरहेको समेत बताए।