April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

संचारकर्मी राईले ल्याए किरात संस्कृति झल्काउने ‘भुइँसोरी सेवा’

5.5K

काठमाडौं। पत्रकार तथा लेखक सचित राईको ‘भुइँसोरी सेवा’गीत युट्युबमार्फत सार्वजनिक भएको छ । किरात संस्कृतिमा आधारित यो गीतमा गायक थिरज राई र गायि कानुमा राईले स्वर दिएका छन् । संगीत गायक राईले नै भरेका हुन् भने संगीत संयोजन फणीन्द्र राईले गरेका छन् ।

यो गीतको भिडियोमा कलाकार सीता राई र माई लाइफ सुनुवारले अभिनय गरेका छन् । यसका निर्देशक जयाटी वाइबा (सानु लामा) छन् । कोरियोग्राफी किराँत बिन्द्र राईले गरेका हुन् । ‘हामीले यो गीतमार्फत किरात संस्कृतिलाई देखाउने प्रयास गरेका छौं’, गायक थिरजले भने, ‘यसमा दर्शकको साथ रहने विश्वास लिएका छौं ।’

थिरजले ‘दासी’, ‘कलियुग’, ‘यता टाले’, ‘लाहुरे’लगायत दर्जनौं गीत गाएका छन् । भ्वाइस किड्सकी फाइनलिस्ट नुमाले छोटो समयमै थुप्रै गीत गाइसकेकी छन् ।

Advertisement

यसअघि थिरजको संगीत र सचितकै शब्द रहेको ‘साकेला नाच्दा’गीत सार्वजनिक भएको थियो । जुन गीतमा राजेशपायल राई र मेलिना राईको स्वर थियो । उक्त साकेला गीतमा अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई, समृद्धि राईलगायत धेरै चर्चित कलाकारले अभिनय गरेका थिए ।