May 20, 2024, Monday
२०८१ जेष्ठ ७
1:37:26 pm

झापामा एकल महिलाको बीभत्स हत्यापछि लुटपाट

630

विराटनगर । झापामा एकल महिलाको बीभत्स हत्यापछि लुटपाट भएको छ । मंगलबार राती लुटेरा समूहले झापाको बिर्तामोड नगरपालिका ४ स्थित शिवनगर टोलमा एकल महिलाको बीभत्स हत्यापछि लुटपाट गरेको हो ।

प्रहरीका अनुसार राति १२ बजेतिर लुटपाटमा आएको टोलीले स्थानीय करिब ६८ वर्षीया एकल महिला विष्णुमाया विष्टलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरी घरमा भएको धनमाल लुटपाट गरेर लगेका हुन् ।

स्थानीयका अनुसार रातिको समयमा होहल्ला भएको तर गाउँले उठेर हेर्दा शान्त भएको थियो । बिहान भने उनको हत्या गरेको पाइएको हो ।

Advertisement

घटना बारे इलाका प्रहरी कार्यालय बिर्तामोड प्रहरीले अनुसन्धान थालेको छ ।