शरणार्थीहरूको कोभिड उपचार नेपाली नागरिकसरह गर्न निर्देशन
काठमाडौं – सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड-१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विभिन्न देशबाट आएर नेपालमा शरणार्थी भई बसेका नागरिकलाई शरणार्थी परिचयपत्रका आधारमा नेपाली नागरिकसरह कोभिड–१९ को पिसिआर परीक्षण र उपचार गर्न सम्बन्धित प्रदेश, स्थानीय तह, प्रयोगशाला र अस्पताललाई...