February 3, 2026, Tuesday
२०८२ माघ २१
1:37:26 pm

युएईमाथि नेपालको जित

325

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत चेन्नईमा भएको वार्म अप खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको छ । पी चिदम्बरमा रंगशालामा टस जितेर फिल्डिङ गरेको नेपालले युएईले दिएको १४६ रनको लक्ष्य १७ ओभरमा ३ विकेटको क्षतिमा पार गरेको हो ।

खेलमा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको अर्धशतक पुराएका थिए । दीपेन्द्रले ३१ बलमा ४ चौका र १ छक्काको मद्दतमा नटआउट ५० रन बनाए । यस्तै आरिफले ३७ बलमा ८ चौका र २ छक्काको मद्दतमा नटआउट ६१ रन बनाए ।

त्यसअघि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख ८–८ रनमा आउट भए भने कप्तान रोहित पौडेलले रनआउट हुनुअघि १६ रन जोडे ।

Advertisement