April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

ब्यानरमा प्रदेशको नाम नलेखेको भन्दै स्पष्टीकरण तथा खाता रोक्का

1.5K

विराटनगर । कार्यक्रमको फ्लेक्स ब्यानरमा प्रदेशको नाम नलेखेको भन्दै प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

झापाको दमकमा बोर्डले आयोजना गरेको भलिबल प्रतियोगिताको ब्यानरमा प्रदेशको नाम नलेखेको भन्दै मन्त्रालयले सात दिने स्पष्टीकरण सोधेको हो ।

प्रदेश खेलकुद विकास बोर्डले वैशाख १४ गतेदेखि १६ गतेसम्म दमकमा प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता आयोजना गरेको थियो । फाइनलमा आयोजक कोशी प्रदेशलाई पराजित गर्दै गण्डकीले उपाधि जितेको थियो ।

Advertisement

प्रतियोगिताको ब्यानरलगायत खेल सामग्रीमा कोशी प्रदेशको नाम नलेखेको भन्दै स्पष्टीकरण सोधेको हो । मन्त्रालयले वैशाख १७ गते स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधेको दुई दिनपछि मन्त्रालयले १९ गते बोर्डको बैंक खाता पनि रोक्का गरिदिएको छ । प्रभु बैकलाई पत्राचार गर्दै मन्त्रालयले खाता रोक्का गर्न लगाएको हो ।