काठमाडौं । फुटबलर अञ्जन बिष्ट र भलिबलकी अरुणा शाही वर्ष २०७८ को वर्ष खेलाडी अवार्ड जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एन्एसजेएफ) ले मंगलबार आयोजना गरेकोे ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ मा पुरुषतर्फ अन्जन र महिलामा अरुणा वर्ष खेलाडी घोषित भएका हुन् ।
अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलका किरणकुमार चेम्जोङलाई पछाडि पार्दै अवार्ड जितेका हुन् । अञ्जनले साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनलमा पुर्याउन सहयोग पुर्याएका थिए । अवार्डसँगै उनले बजाज पल्सर मोटरसाइल प्राप्त गरे ।
त्यस्तै वर्ष महिला खेलाडीको अवार्ड नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले जितिन् । वर्ष महिला खेलाडी घोषित भलिबलकी अरुणाले क्रिकेटका सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङ पुनम रावललाई पछि पादै अरुणाले अवार्ड हात पारेकी हुन् । अरुणाकै कप्तानी नेपालले बंगलादेश सम्पन्न एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनपिको उपाधि जितेको थियो ।
अरुणाले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरिन । पिपुल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितिन । उषाले मनोनयनमा परेका फुटबलका अञ्जन बिष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा बिष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन ।
यस्तै लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको छ । लाइफटाइम एचिभमेन्ट अवार्डसँगै वन्तले ५० हजार रुपैंयाँ प्राप्त गरे ।
यस्तै स्पेसल अवार्डबाट ब्याडमिन्टनका राष्ट्रिय च्याम्पियनत्रय सरादेवि तामाङ, नङ्सल तामाङ र रत्नजित तामाङका बुबाआमा दानबहादुर तामाङ र मायादेवि मोक्तान सम्मानित भए ।
यस्तै युवा खेलाडीको अवार्ड मनिष डाँगी (फुटबल) ले जिते । ओलम्पियन पारा खेलाडी पलेशा गोवद्र्धन श्रेष्ठले पारा एथलिट अवार्ड पाए । यस्तै वर्षको उत्कृष्ट प्रशिक्षक राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी घोषित भए । अन्तर्राष्ट्रिय एसियन खेल पत्रकार अवार्ड कतारका मोहम्मद हेजीलाई प्रदान गरिएको छ ।