काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटको सीमा निर्धारण गरेको छ ।
आयोगले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्ब ४० करोडको बजेट अनुमान गरेको हो। जस अनुसार आगामी आर्थिक वर्षको बजेट सिलिङ चालू आर्थिक वर्षको विनियोजित बजेट भन्दा १ खर्ब ५ अर्ब ४३ करोडले कम रहेको छ ।
चालू आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट ल्याएको थियो । तर, मध्यावधि समीक्षा मार्फत सरकारले बजेटको आकार २ खर्ब ४४ अर्बले घटाएको छ । मध्यावधि समीक्षामार्फत बजेटको आकार १४ प्रतिशतले घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ ।
आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ३१ अर्ब ९० करोड र आर्थिक वर्ष २०८२/०८३ का लागि २० खर्ब ८८ अर्ब ९० करोडको बजेट अनुमान तथा प्रक्षेपण गरेको छ । मध्यमकालीन खर्च संरचना अनुसार सरकारी राजस्व आगामी तीन आर्थिक वर्षमा सरदर १४ प्रतिशतका दरले वृद्धि हुने अनुमान गरिएको छ।