April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पहिरोमा घर पुरिँदा काभ्रेको बेथानचोकमा एकै परिवारका तीनजनाको मृत्यु

1.7K

काठमाडौं : काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया लालजुङ तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया छोरी सावित्रीको मृत्यु भएको हो। 

निरबहादुर र छोरी सावित्रीको घटनास्थमै मृत्यु भएको हो। लालजुङको उपचारको क्रममा अस्पतालमा निधन भएको हो।

Advertisement

राति सुतिरेहका बेला पहिरो खसेपछि घर पुरिएको थियो। स्थानीय र प्रहरीले उद्धार गर्ने क्रममा तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।