पाँचथर । परम्परागत घरेलु मदिरा (कोदोको रक्सी)प्रवर्द्धनका लागि बुधबार पाँचथरमा समिति निर्माण भएको छ । सदरमुकाम फिदिमस्थित युके होटलमा सम्पन्न सरोकारवालाहरुको भेलाले दीलेन्द्र कुरुम्बाङको संयोजकत्वमा १८ सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्य सचिव गंगामाया आङ्देम्बे चयन भएकी छन् । समितिले लोक विज्ञान तथा आदिवासी जनजाती पुर्खाका ज्ञान र सिपसंग जोडिएको परम्परागत घरेलु मदिरा (कोदोको रक्सी) प्रवर्द्धनका लागि समुदायस्तरमा चेतनामूलक अभियान सञ्चालन गर्नुका साथै परम्परागत घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गर्न बाधक रहेको कानून संशोधनका लागि राज्यसँग लविङ गर्ने संयोजक कुरुम्बाङले बताए ।
परम्परागत घरेलु मदिरा (कोदोको रक्सी) प्रवर्द्धनका समिति, प्रदेश १ को आयोजनामा भेला सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश स्तरीय समितिका संयोजक खेसेहाङ खजुम, विज्ञ सदस्य देशुहाङ वनेम र सदस्य सरु सिङगकले अधियानबारे प्रकाश पारेका थिए । यो अभियान १ नं. प्रदेशभरी सञ्चालनमा रहेको बताइएको छ ।