April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

एनआरएनए इङल्याण्ड परिषदद्धारा लिभरपूल काउण्टी काउन्सिल गठनः गोपाल अधिकारी संयोजक

2.9K

लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेको इङल्याण्ड राज्य परिषदले इङल्याण्डको उत्तरपश्चिम क्षेत्र मर्सीसाइडमा आफ्नो काउण्टी काउन्सिल गठन गरेको छ । एनआरएनएलाई बिकेन्द्रीकृत गर्दै लैजाने प्रयासस्वरुप इङल्याण्ड राज्य परिषदले लिभरपूर काउण्टी काउन्सिल गठन गरेको हो ।

लिभरपूल काउण्टी काउन्सिलको कार्यसमितिमा संयोजक र सचिव सहित जम्मा नौ जना रहेका छन् । जसमा सचिवमा धन गुरुङ र सदस्यहरुमा खेम गुरुङ, कविराज शर्मा, नेत्र खरेल, कृष्णा गुरुङ, कृष्णा भट्टराई, बब गुरुङ र ऋषी भण्डारी रहेका छन् ।

एनआरएनए आइसीसी उपाध्यक्ष थर्क सेन (बायाँ) र एनआरएनए इङल्याण्ड राज्य परिषदका अध्यक्ष एवीजेड गुरुङ (दायाँ) का बीचमा लिभरपूर काउण्टी काउन्सिल संयोजक संयोजक गोपाल अधिकारी

लिभरपूलको प्रोभिन्सियल हलमा स्थानीय लिभरपूलवासी नेपालीहरुले नयाँ वर्ष २०७९ मनाउन आयोजना गरेको कार्यक्रम विशेषगरी लिभरपूल काउण्टी काउन्सिल गठन गर्न पूर्वलक्षित थियो ।

Advertisement