November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोपा अमेरिका फाइनल : पहिलो हाफमा अर्जेन्टिना १-० ले अगाडि

2K

काठमाडाैं- कोपा अमेरिका फुटबल प्रतियोगिताको जारी फाइनल खेलमा अर्जेन्टिनाले ब्राजिलविरुद्ध अग्रता लिएको छ।

खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिना १-० ले अगाडि छ।

एन्जल डी मारियाले २२ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएको हो। उनले रोड्रिगो डे पावलको पासमा गोल गरेका हुन्।

Advertisement

फाइनल खेलको दोस्रो हाफ भर्खरै सुरु भएको छ। 

सेमिफाइनलमा ब्राजिलले पेरु र अर्जेन्टिनाले कोलम्बियालाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका थिए।