लन्डन । एनआरएनए यूकेको आसन्न निर्वाचनमा अध्यक्षकी प्रत्यासी रोजिना प्रधान राईले चुनावी अभियानलाई तीव्र बनाएकी छन् । राईले अभियान अन्तर्गत आइतबार बेलायतमा सशक्त ठानिएको गुरुङ समुदायका अग्रज लगायत बिभिन्न संघ संगठनका प्रतिनिधिहरुसँग एम्पायर हलमा भेटघाटको कार्यक्रम आयोजना गरी आफ्नो उम्मेदवारीमा साथ दिन अनुरोध गरेकी छन् ।
ब्रिटिश सरकारको कोभिड १९ को नियमको परिधिभित्र रहेर कार्यक्रम आयोजना गर्नु परेको कारण सिमित व्यक्तिहरुमात्र आमन्त्रित कार्यक्रममा एनआरएनए यूकेका वर्तमान उपाध्यक्ष राईले आफ्ना प्रमुख एजेण्डा अवगत गराउदै तमु समुदाय लगायत बिभिन्न संघ संस्थाको समर्थन र सहयोग विगतमा पनि रहेको र यसपटक झन् बढी हुने अपेक्षा समेत व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा राइले बेलायतवासी सम्पूर्ण नेपालीहरुलाई समेट्दै साझा, विश्वासिलो, भरपर्दो र सुःखदुःखमा साथ दिन सक्ने संगठन निर्माण गर्न भूतपूर्व गोर्खा मुद्धालाई तार्किक निष्कर्षमा पुर्याउन, नेपालमा रहेको सम्पत्तिको सुरक्षाको प्रत्याभूति दिलाउन, नेपालीहरुलाई मातृभूमिसंग जोड्न, नेपाली नागरिकताको ग्यारेण्टी गन, संस्थालाई युवा तथा महिलामैत्री बनाउदै पारदर्शिता, आत्मनिर्भर र समाबेशी बनाउन आफुले उमेदवारी दिएको बताइन् ।
त्यस्तै उहाँले आफु अध्यक्ष पदमा विजयी बन्न सकेमा मातृभूमि र वेलायतका नेपालीहरुलाई आबश्यक पर्दा सहयोगका लागि वृहत आपतकालीन कोषको स्थापना गर्ने, गैरआवासीय नेपाली संघ यूकेको शाखा अभिवृद्धि गर्ने, आपसी सद्भाव र भाईचारालाई जोड दिने, वर्तमान नेतृत्वका अधुरा योजनाहरु पुरा गर्ने, अग्रजहरुको सपना नेपाल हाउस लगायतका प्रोजेक्टहरु साकार पार्ने, ण्सम्पूर्ण संघ–संस्थाहरुसंगको सहकार्य, सह–अस्तित्व र समदुरीमा स्वच्छ, मेलमिलाप र आत्मिय समाज निर्माण गर्न पहल गर्ने, एनआरएनए यूकेलाई पूर्ण कानूनी संस्थाका रुपमा स्थापित गर्ने, संघमा प्रशिक्षण, कानून, व्यापार जस्ता अलग अलग विभाग गठन गरि संस्थालाई फराकिलो र प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गरेकी थिइन् ।
प्रत्युत्तरमा सहभागी अग्रजहरुले उहांको भिजनको प्रसंसा गर्दै, सशक्त टिम बनाएर अगाडि बढनको लागि समर्थन र शुभकामना दिनुभएको जानकारी गराउनु भएको छ ।
ुस्लाइड शोु र एयधभचएयष्लत एचभकभलतबतष्यल मार्फत अल्डरसट र पिटरबरोमा तीनवटा कार्यालय सञ्चालन गरी सदस्यता वितरण कार्यक्रमलाई तिब्रता दएिकी राइले अन्य प्रत्यासी भन्दा अगाडि रहेको दावी गर्दै आइतबार सम्म करिब ३३ सय जनाले आवेदन दिएकोमा ६० प्रतिशत त भन्दा बढी सदस्य आफ्नो रहेको र सदस्य बनाउने क्रमलाई अझ तिब्राता दिईरहेको जानकारी बताइन ।
कार्यक्रममा तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङ, सहारा यूके अध्यक्ष कुमार गुरुङ, तमुधिं यूके उपाध्यक्ष जुमकाजी गुरुङ, कोल्मा बहाकोट यूके अध्यक्ष सहारा एफसी अध्यक्ष कृष्ण गुरुङ, स्याङ्जा समाज युकेका अध्यक्ष सारदा गुरुङ, तमुधिं यूके सल्लाहकार एवं विधान मस्यौदा समितिका संयोजक एकेन्द्र गुरुङ, तमुधिं यूके पूर्व अध्यक्ष एवं ग्रेटर रसमोर नेपलिज कम्युनिटीको पूर्व अध्यक्ष सूर्जे (रामचन्द्र) गुरुङ, पासा पुचः गुथी यूके अल्डरसटका अध्यक्ष केशव श्रेष्ठ, जिपी श्रेष्ठ, आइडिया अफ वल्ड चियरमेन, तमुधिं यूके कोषाध्यक्ष कमल गुरुङ, व्यवसायी एवं ल्च्ल्ब् अभियान्ता पशुपति पोखरेल, व्यवसायी गणेश गुरुङ, समाजसेवी शान्ता गुरुङ, किरात राई यायोख्या यूकेका सल्लाहकार एवं खोटांगका पूर्व जिल्ला सभापति रत्न राई, समाजसेवी हेम गुरुङ, युथ कोअर्डिनेटर राजेन्द्र गुरुङ, युथ मोबलाइजका सुवाष गुरुङ, एनआरएनए यूके निर्वाचनमा युवा संयोजकका उम्मेदवार चन्दन गुरुङ, उपाध्यक्ष प्रत्यासी पवन शर्मा, महिला उपाध्यक्ष प्रत्यासी सरस्वती केसी, एनआरएनए यूके पूर्व उपाध्यक्ष हिराधन राई लगायतको सहभागिता थियो ।
कार्यक्रममा अन्य प्रत्यासीहरु युवा संयोजकका उम्मेदवार चन्दन गुरुङ, पवन शर्मा र सरस्वती केसीले समेत आफ्नो भिजन प्रस्तुत गरेका थिए ।।