March 25, 2026, Wednesday
२०८२ चैत्र ११
1:37:26 pm

काठमाडौँ चुम्लुङको बलिहाङ पुरस्कार २०८२, भारती लिम्बुनीलाई

565

काठमाडौँ । किरात याक्थुङ चुम्लुङ काठमाडौँको आयोजनामा बलिहाङ पुरस्कार म्यान्मार तथा थाइल्याण्डमा रहेकी प्रोफेसर भारती लिम्बुनीलाई प्रदान गरेको छ । सोमबार काठमाडौं चुम्लुङको सभाहलमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङको हस्तबाहुलीबाट लिम्बुनीलाई प्रदान गरेको हो ।

पुरस्कार अर्पण गर्दै प्रदेश प्रमुख परशुराम खापुङले ओख्राबोजस्तो व्यक्तिलाई पुरस्कृत गर्न छनौट गरेको काठमाडौं चुम्लुङलाई धन्यवाद दिएका थिए ।

किरात याक्थुङ चुम्लुङका बरिष्ठ उपाध्यक्ष टेक बहादुर काम्बाङले स्वागत मन्तव्य राख्दै चुम्लुङले हरेक तीन वर्षमा लिम्बू समुदायको संस्कार, संस्कृति, मुन्धुम र इतिहाससम्बन्धि योगदान दिने देशभित्र र बाहिर रहने जोकोही व्यक्तिलाई प्रदान गर्दै जानकारी दिएका थिए ।

Advertisement

पुरस्कृत व्यक्तित्वको जीवनी वाचन गर्दै किरात याक्थुङ चुम्लुङका संघीय कोषाध्यक्ष अमर तुम्याहाङले भारती ओख्राबो लिम्बूले बर्मा र थाइल्यान्डमा लिम्बू जातिको संस्कार, संस्कृति, मुन्धुम र इतिहासको लागि ठूलो योगदान दिएको बताएका थिए । त्यसैगरी पुरस्कृत भारती ओख्राबोले बर्मा र थाइल्याण्डमा भाषा लिपि सम्बन्धी कार्य गरेको कामको प्रतिफलले नेपालमा यसरी पुरस्कृत हुन पाएकोमा खुशी व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङकी पूर्व संघीय सदस्य कल्पना योङहाङ, निवर्तमान अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फे, चुम्लुङ भक्तपुरका अध्यक्ष दीपेन्द्र आङ्देम्बे, पूर्व राष्ट्रिय चुम्लुङ सदस्य आइन्द्र आङ्बो, नेपाली प्रहरीका पूर्व प्रहरी महानिरिक्षक चन्द्रकुबेर खापुङ, पूर्वमन्त्री रकम चेम्जोङ, चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले पुरस्कृत भारती ओख्राबोलाई सफलताको कामना गरेका थिए । कार्यक्रममा प्याब्सनका पूर्व अध्यक्ष विजय सम्बाहाम्फे, वरिष्ठ मुटुरोग विशेषज्ञ युवराज लिम्बू, पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमबहादुर खापुङ, गोर्खा फाइनान्सका अध्यक्ष कल्पना खापुङको उपस्थिति रहेको थियो ।

कार्यक्रमको किरात याक्थुङ चुम्लुङ काठमाडौंका अध्यक्ष शंकर तुम्सावाको सभापतित्व र सचिव भिष्म योङहाङले सन्चालन गरेका थिए ।

कार्यक्रममा ‘काठमाडौं चुम्लुङ स्मारिका –२०८२’ वितरण गरिएको थियो ।