March 25, 2026, Wednesday
२०८२ चैत्र ११
1:37:26 pm

हङकङमा रोजगारीका लागिः जब लिङ्क एप

230

बज्रकुमार राई
हङकङ । हङकङेली नेपाली व्यवसायीद्वारा विकसित पहिलो मोबाइल एप्लिकेसन ‘जबलिङ्क कनेक्ट’ (JobLink Connect) को बेटा संस्करण सार्वजनिक गरिएको छ । यो एप विशेषगरी ब्लु कलर कामदार र रोजगारदाताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न डिजाइन गरिएको हो ।

यस एपको विकास चाइनिज युनिभर्सिटी अफ हङकङ (CUHK) को EMBAअन्तर्गत एमआइटी हङकङ इनोभेसन नोडमा सञ्चालित ‘थिङ्क लाइक एन इनोभेटर’ पाठ्यक्रमको क्रममा परिष्कृत गरिएको हो । यसले सन् २०१४ बाट नेपाली युवा व्यवसायी डिके दाहालले भाइबर र फेसबुकमा नेपाली समुदायका लागि सुरु गरेको ‘कन्स्ट्रक्सन ग्रुप’ को डिजिटल संस्करणलाई प्रतिनिधित्व गर्ने बताइएको छ ।

यो एपको प्रयोगकर्ताले घरमै बसेर आफ्नो सीप र दक्षताका आधारमा रोजगारीको अवसर खोज्न सक्नेछन् भने रोजगारदाताले पनि सजिलैसँग आवश्यक कामदार पहिचान गर्न सक्नेछन् । हाल हङकङमा धेरै नेपालीहरू बेरोजगार रहेको अवस्थामा यो एपले रोजगारीको माध्यम सिर्जना गर्ने विश्वास गरिएको छ ।

Advertisement

जबलिङ्क कनेक्टले कन्स्ट्रक्सन, होटल, रेस्टुरेन्ट बार, घरेलु कामदार ,अङ्गरक्षक, सुरक्षा गार्ड, सवारीचालक, उत्पादन, लजिस्टिक्स, मर्मतसम्भार, स्वास्थ्य सहायता लगायतका क्षेत्रहरूमा ब्लु कलर कामदारहरूलाई छिटो र प्रभावकारी रूपमा उपयुक्त रोजगारीका अवसरहरूसँग जोड्ने लक्ष्य राखेको छ।

हङकङबाट सुरुवात गरिएको यो एपलाई आगामी दिनमा नेपाल लगायत विश्वका अन्य देशहरूमा पनि विस्तार गर्ने योजना रहेको संस्थापक डिके दाहालले जानकारी दिए ।

जब लिङ्क कनेक्ट समूहले हङकङका नेपाली समुदायले सो लिङ्गलाई उपयोग गरी सहयोग आदानप्रदान गर्दै लाभ लिनुका साथै यो एपको प्रचारप्रसार गरी अत्याधिक व्यक्तिको पहुँचसम्म पु¥याइदिन आग्रह गरेका छन् । यो एप आइफोनको एप्प स्टोर र एन्ड्रोइड मोबाइलको प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने बताइएको छ ।