May 1, 2024, Wednesday
२०८१ बैशाख २०
1:37:26 pm

आमहड्तालमा रचनात्मक काम, रामेछापमा सडक सरसफाई

2K

रामेछाप । नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालमा तोडफोड र आगजनी मात्र भएका छैनन् । कतिपय स्थानमा रचनात्मक काम पनि भएका छन् ।

रामेछापमा भने आमहड्ताल गर्दै सडक सफाई गरेका छन् । आन्दोलनकारीहरुले सफाई अभियान अघि बढाएका हुन् । बन्दको बेला सडकमा कुनै पनि गाडी गुड्न नदिनका लागि लाठी लिएर बस्नुको सट्टा सडक सफाई गरेर मन्थली बजारमा सकारात्मक सन्देश समेत दिएका छन् ।

आन्दोलनकारी भन्नासाथ कुटपिट, तोडफोडमै उत्रिनुपर्छ भन्ने गलत मान्यताविपरित नेकपा प्रचण्ड–नेपाल रामेछापले सरसफाई गरेको रामेछापका एक नेताले बताए ।

Advertisement