November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ओलीलाई वामदेवको बधाई- पार्टी एकतामा सफलता मिलोस्

2.8K

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी एकताका लागि सफलताको शुभकामना दिएका छन्।

शुक्रबार सामाजिक सञ्जाल मार्फत उपाध्यक्ष गौतमले अध्यक्ष ओली र नेता नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि प्रारम्भिक सम्वाद शुरु भएको भन्दै यो एमाले निम्ति एक महत्वपूर्ण घटनाको रुपमा स्थापितन हस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गरेका छन्। 

बिहीबार ओली र नेपालबीच भएको वार्ता सकारात्मक भएको नेताहरुले बताइरहँदा उपाध्यक्ष गौतमले पार्टी एकता सफलताको शुभकामना दिएका हुन्। 

Advertisement

त्यस्तै अध्यक्ष ओली नेपालको ४३ औं प्रधानमन्त्री नियुक्त भएकोमा गौतले बधाई दिएका छन्। 

प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा बिहीबार पुनः केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।