April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

बाढीपहिरोबाट भएको क्षतिप्रति अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

लेखनाथ सिकारु
२०८१ असार २८

1.3K

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्रिशुली घटनाबारे दुःख व्यक्त गरेका छन् ।

शुक्रबार बिहान पहिरोले दुईवटा यात्रुबाहाक बस त्रिशुली नदिमा वेपत्ता बनाएको छ। सोही घटनालाई लिएर अध्यक्ष नेपालले शुक्रबार सामाजिक सञ्जाल फेशबुकमार्फत दुःख व्यक्त गरेका हुन् ।

नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसाएर करिब पाँच दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष नेपालले सामाजिक संजाल फेसवुकमा लेखेका छन् , ‘नारायणगढ मुग्लिन सडक अन्तर्गत सिमलतालमा आज बिहान अन्दाजि ३ः३० बजे माथिबाट आएको लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा झारेको र सोही पहिरोको कारण अर्को एक सवारी साधनका चालकको निधन भएको खबर अत्यन्तै मर्माहत बनाएको छ ।’

Advertisement

काठमाडौँबाट मेरो गृह नगर गौर जककादै गरेको गणपति डिलक्समा ४१ जना र बिरगन्जबाट काठमाडौँ आउककदै गरेको एञ्जल बसमा २४ जना सवार रहेकोमा अहिलेसम्म उनीहरूको अवस्था सार्वजनिक हुन सकेको छैन। प्राकृतिक विपत्तिको यस क्षणमा उद्धारको काममा जुट्न सरकारी तथा अन्य निकाय एवम् महानुभावहरूमा सादर अनुरोध गर्दछु। साथै लगातार वर्षा भैरहेकोले गर्दा यसबाट उत्पन्न हुने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत सबैमा हार्दिक अनुरोध गर्दछु ।’