April 18, 2024, Thursday
२०८१ बैशाख ६
1:37:26 pm

नेकपा एमाले विदेशी दलालीमा लागेकोले पुरानो घर त्याग्नुपरेको हो : माधव नेपाल

2.1K

धनुषा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा (एमाले)लाई त्याग्नुपरेको बताएका छन् । धनुषाको विदेश नगरपालिकास्थित तिनकौरियामा आयोजित सभामा बोल्दै उनले एमाले विदेशी दलालीमा लागेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अहिले सत्य र न्यायका लागि नयाँ पार्टी गठन गरी अगाडि बढेको उल्लेख गर्दै न्याय र सत्यको जित हुने पनि बताए । नेपालले आफू ५२ वर्षदेखि कम्युनिस्ट आन्दोलनमा लागेको बताउदै ठुलाठुला काम गरेको, राजाको शासन उखेलेर फालेको पनि बताए ।

“जो हमसे टकराएगा चुर चुर हो जाएगा ।”, उनले भने ।

Advertisement

नेपालले आफू प्रजातन्त्र, लोकतन्त्र, जनताको अधिकार र सम्मान तथा सत्य मर्यादाको पक्षमा उभिएको बताए । एकीकृत समाजवादीले जहिल्यै जनताको सुख दुःखमा साथ दिने अध्यक्ष नेपालले प्रतिबद्धता जनाए ।

त्यसैगरी कृषि क्षेत्रमा क्रान्ति र रोजगारी सिर्जना गरी सबैको जीवन राम्रो बनाउन आफूहरु लागि परेको उनको भनाइ थियो । कलम सत्यको पक्षमा उभिन्छ भन्दै चुनाव चिन्ह कलम लिएर जनतामाझ आएको उनको भनाइ थियो ।

उनले अब पालिका, राष्ट्रियसभा, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने भन्दै चुनावमा जितेपछि जनताको काम गर्ने, सिंचाइ र मलखादको व्यवस्था गर्ने पनि बताए । नेपालले विरोधीले कान लिएर काग भाग्यो भनेपटि कागको पछाडि दौडिन नहुने कार्यकर्तालाई सुझाव दिँदै हिम्मत र बुलन्दीको साथ अगाडि बढेपछि जित हुने बताए ।