April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

बालकदेखि अग्रज स्रष्टाहरुको साहित्यिक घमघट

चन्द्र मादेन आन्छन
२०८१ कार्तिक ११

735

काठमाण्डौ । मनोहरा साहित्य समाजको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्बन्धि ९४औं साहित्यिक शृङ्खला सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डिल्लीराज आर्यालको सभापतित्वमा शनिबार ग्लोवल पव्लिक स्कुल पेप्सीकोलाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

लेखनाथ पुस्तकालय झापाका अध्यक्ष कृष्ण सुवेदी निराकारको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका विशेष अतिथिहरुमा वरिष्ठ साहित्यकारहरु प्रतिक ढकाल र गोविन्द घिमिरे वेदमणी थिए ।

उक्त साहित्यिक कार्यक्रममा १२ वर्षका बालकदेखि ७८ वर्षका वृद्ध स्रष्टाहरुले देश भक्ति, वीर रस, जीवन जगतका छन्द, गद्य र पद्य सृजनाहरू वाचन गर्नुका साथै महाकवि देवकोटाको ११६ औं जन्मजयन्तीलाई आधार मानेर घतलाग्दा किस्सा र कहानीद्वारा चर्चा गरिएको थियो ।

Advertisement

कार्यक्रममा डिल्लीराज अर्याल, सञ्जय सोती, भावकेशर वराल, एमपी पाण्डे, भावना न्यौपाने, नुरदेव खनाल, सम्पत काफ्ले, ओम प्रकाश आचार्य, डा. टिपी बराकोटी, अशोक कुमार लामिछाने, अर्पण आर्याल, रत्न निधी रेग्मी शुक्राचार्य, चिरञ्जिवी रेग्मी, उत्तम भट्टराई, विजया वस्नेत, राजेन्द्र कुमार बज्राचार्य, चन्द्र मादेन आन्छन, मनिष हेल्लोक, डिवी पालुङ्वा र गोविन्द घिमिरे वेदमणी गरी २२ जना कविहरुले रचना वाचन गरेका थिए ।

संस्थाका कोषाध्यक्ष खोलाघरे साहिंलोले संचालन गरेको उक्त कार्यक्रममा सभ्य श्रोताहरुको उपस्थिति रहेको थियो ।

मनोहरा साहित्यिक संस्थाले उपत्यकामा प्रत्येक महिनाको दोस्रो शनिवार निरन्तर धारावाहिक कार्यक्रम गर्दै आईरहेकोछ ।