April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रवासमा बसेर लोकसंगीतमा सक्रिय छन्त्याल, ल्याए पञ्चेबाजा गीत ‘नाच्न मन लाग्छ(भिडियो)

8.2K

काठमाडौं । लोकगायक युवराज छन्त्यालले नाच्न मन लाग्छ बोलको गीत सार्बजनिक गरेका छन् । छन्त्यालले आफ्नै लय, शब्द र स्वरमा आफ्नो नयाँ गीत नाच्न मन लाग्छ बोलको पञ्चेबाजा गीत सार्बजनिक गरेका हुन् ।

आफ्नै युटुब च्यानलबाट गायक छन्त्यालले उक्त गीत सार्बजनिक गरेका हुन् । गीतमा गायिकाद्धय जमुना राना र सहिमा श्रेष्ठले छन्त्याल साथ दिएका छन् । आगामी बैशाख महिना विवाहको महिना भएकोले पञ्चेबाजा गीत सार्बजनिक गरेको छन्त्यालको भनाइ छ ।

भिडियोमा नविन श्रीस, सञ्चिता बोलाखे अमृत ​​श्रेष्ठ र मुना भुर्तेल लगायतको अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई शिबन पोखरेलले निर्देशन गरेका छन् ।

Advertisement

रोजगारीको सिलसिलामा प्रवासमा बसेर पनि नेपाली लोकगीतसंगीतमा योगदान गर्दै आएका छन्त्यालले यसअघि पनि हिट गीत बजारमा ल्याईसकेका छन् । छन्त्यालका चाइना तिर जाम, लास्टै टेन्सन भो बाजा बजाउदै लगायतका गीत चर्चामा छन् ।