काठमाडौं । भारतका चर्चित हास्यकलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यम इन्डियाडटकमका अनुसार दिल्लीस्थित एम्स अस्पतालमा उनको निधन भएको हो ।
गत अगस्ट १० मा जिममा कसरत गर्ने क्रममा उनलाई हृदयघात भएको थियो । मुटुमा धेरै अवरोध भएको रिपोर्ट आएपछि दिल्ली एम्सका चिकित्सकको टोलीले राजुको एन्जियोग्राफी गर्ने निर्णय गरेको थियो ।
विगतदेखि भेन्टिलेटरमा मृत्युसँग लडिरहेका श्रीवास्तव उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष थिए।