March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

नेपालमै अध्ययन गरेर समाज अघि बढाउन सकिन्छ, त्यसमै ध्यान दिनुपर्छ: मन्त्री सिंह

1.4K

काठमाडौं ।  उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले युवाहरूलाई नेपालमै अध्ययन गरी देश निर्माणमा लाग्न आग्रह गरेका छन् । 

नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईले बुधबार आयोजना गरेको ‘नव आगन्तुक विद्यार्थीलाई स्वागत, पुस्तकालय हस्तान्तरण कार्यक्रम’लाई सम्बोधन गर्दै सिंहले नेपालमा शैक्षिक गुणस्तरको विषयलाई लिएर प्रश्न उठाइने गरेको भएपनि अहिले त्यो अवस्था नरहेकोसमेत बताए ।

pinup pin up pin up pinup

उनले अहिले अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयमा पढाइ हुने विषयहरू पनि नेपालकै क्याम्पसहरुमा अध्ययन गर्न सकिने अवस्था रहेको र नेपालमै अध्ययन गरी नेपाली समाजलाई अगाडि बढाउन युवाहरुले विशेष ध्यान दिन जरुरी रहेको बताए । 

Advertisement

‘शैक्षिक गुणस्तरको कुरालाई लिएर जुन प्रश्न गरिन्छ, त्यो खास गरेर मै विद्यार्थी हुँदा हामीले सिमित विषयहरु छान्न पाउने गर्दथ्यौँ । तर अहिले त्यो अवस्था छैन । हामीले धेरै विषयहरु छानेर अध्ययन गर्न सक्छाैँ । अहिले विभिन्न विषयमा अध्ययन गर्न मिल्छ । अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पढाइ हुने विषयहरू अहिले नेपालमै बसेर पढ्न मिल्छ । यहीँ नेपालमै बसेर अध्ययन गरेर समाज अघि बढाउन सकिन्छ, त्यसमै ध्यान दिनुपर्छ’, मन्त्री सिंहले भने ।