February 1, 2026, Sunday
२०८२ माघ १८
1:37:26 pm

’प्याब्सन बराहक्षेत्र स्कुलमा कविता’को चतरा अडिसन सम्पन्न, फाइनलमा इनुष्का र दृष्टि

440

स्वर्णिम साहित्य समाज वराहक्षेत्र –३, सुनसरीद्वारा सञ्चालन भइरहेको ‘प्याब्सन बराहक्षेत्र स्कुलमा कविता सिजन–३’ को चतरा अडिसन सम्पन्न भएको छ ।

वराहक्षेत्र–२ चतरा स्थित बराहराइजिङ स्टार इङ्लिस स्कुलमा सम्पन्न हिजोको दोस्रो चतरा अडिसनमा बराहराइजिङ स्टार इङ्लिस स्कुलकी इनुष्का गौतम र आइरिस बराह एकेडेमीकी दृष्टि राई फाइनलमा प्रवेश गरेका छन् । यस्तै, बराहराइजिङ स्टारका सुरक्षा बस्नेत तेस्रो हुँदै पुरस्कृत भइन् । कार्यक्रममा १० जना विद्यार्थी कविहरुले सहभागि जनाएका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठान, मातृभाषा साहित्य विभागका सदस्य कवि बिराट किराँतीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा अतिथि कविको रुपमा कवि जमुना दाहालले कविता प्रस्तुत गरेकी थिइन् भने अतिथि निर्णायक भने प्राध्यापक ज्ञानबहादुर पाण्डे रहेका थिए ।

Advertisement

कार्यक्रममा आफ्नो मन्त्व्य राख्दै नेपाल प्रज्ञा प्रतिष्ठान, मातृभाषा साहित्य विभाग सदस्य बिराट किरातीले ससाना नानीहरुको यति भव्य कविता सुन्न पाउँदा आफू अत्यन्तै खुसी रहेको बताए । उनले भने, “फुल झैँ लाग्ने कलकलाउदा प्रतिभाहरुको निम्ति यो भव्य मञ्च जो म आफै लोभिरहेको छु । कविता लेखन एकै तालमा पूर्ण हुँदैन यसलाई त हामीले निरन्तर साधना गरिरहनु पर्छ अनि मात्र कविताले सार्थक रुप लिन्छ । कविता लेखनमा एकै तालमा फस्र्ट हुन्छु भन्नु, कहिलेकाही हार्ने बित्तिकै खोला पहिरो झरेको भ्रमबाट पर रहनुपर्छ । त्यसैले सबै नानीहरूलाई बधाइ अनि आगामी दिनको कविता लेखनको शुभकामना ।”

कार्यक्रममा विशिष्ट अतिथि कवि साङसेन पन्धाकले समेत शुभकामना मन्तव्य राखेका थिए ।

स्वर्णिम साहित्य समाजकि सदस्य वर्षा भण्डारीले सहजीकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य सदस्य सुजन बस्नेतले राखेका थिए भने सभाध्यक्ष समाजकी कोषाध्यक्ष कवि दिपा मग्राती रहेकी थिइन् ।

यस्तै आगामी अडिसन साविक महेन्द्रनगर अडिसन माघ २४ गते जीवन ज्योति इङ्लिस स्कुल, बराहक्षेत्र – ८ बागझोणा स्थित हुने कुरा समाजका अध्यक्ष शरण लिम्बुले जानकारी दिएका छन् ।