काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । रुघाखोकी, ज्वरोसँगै सास फेर्न समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।
नेपाललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको क्याबिनमा राखिएको छ । तर, उनको उपचारमा भने त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सकले गरिरहेका छन् ।
अस्पताल भर्ना भएका नेता नेपाललाई भेट्न बिहीबार बिहान नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् ।




