April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनए केन्द्रद्वारा एघार जना आइसीसी सदस्यहरु मनोनित

9K

काठमाण्डौं । गैर-आवासीय नेपाली संघ (एनआरएनए) को विनोद कुँवर समुहले बिभिन्न देशहरुबाट आफ्ना आइसीसी सदस्यहरु मनोनित गरेको छ । अध्यक्ष कुँवरको अध्यक्षतामा गत ६ मे शुक्रबारका दिन बसेको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले एनआरएनएको पाँच महादेशीय क्षेत्रहरुमध्ये तीन क्षेत्रहरुबाट आइसीसी सदस्यहरु मनोनयन गरेको छ । जसमध्ये अमेरिका क्षेत्रबाट रश्मी थापा (क्यानडा) मनोनित भएकी छन् भने संयुक्त राज्य अमेरिकाबाट शशी चन्द्र अधिकारी, पवन योञ्जन, भक्त भण्डारी, राम बाबु पाण्डे र सानु बाबु सिलवाल मनोनित भएका छन् ।

त्यस्तै मध्यपूर्व क्षेत्रबाट बिल गुरुङ (कतार) र कल्पना राई (युएई) मनोनित भएका छन् ।

Advertisement

एनआरएनएको ओसिनियाँ क्षेत्रबाट भने दीपा राई र कुशल केसी (अस्ट्रेलिया) र बिपिन्द्र कोइराला (न्यु जील्याण्ड) मनोनित भएका छन् ।

बाँकी दुई क्षेत्रहरु -युरोप र एशिया प्यासिफिक- का लागि भने संघको आगामी बैठकले मनोनित गर्ने जानकारी प्राप्त भएको छ ।

उता एनआरएनएको कुल आचार्य समुहबाट भने आइसीसी सदस्यहरु आजसम्म मनोनित हुन सकेको छैन । अध्यक्ष कुल आचार्यबाट आफूलाई आफ्नै समुहका साथीहरुबाट असहयोग भइरहेको र अन्य दुई जना अध्यक्षहरुबाट पनि अप्ठ्याराहरु आइपरेको भनी गुनासो आइरहेका बेला विनोद कुँवर नेतृत्वको समितिले एकै पटक ११ जना आइसीसी सदस्यहरु मनोनित गरी आफ्नो कृयाकलापहरुलाई तिब्रता दिएको छ ।