April 26, 2024, Friday
२०८१ बैशाख १४
1:37:26 pm

प्रदेश २ मा माओवादीका मन्त्रीले लिए सपथ

2.2K

जनकपुर । प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । शनिबार माओवादीबाट मन्त्री भएका भरतप्रसाद साह र रुवी कर्णले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

आन्तारिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका साहलाई प्रदेश प्रमुख राजेश झा अहिराजले शपथ ग्रहण गराएका छन् भने राज्यमन्त्री बनेकी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका छन् । कर्णलाई पनि आन्तारिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीद्वयले शहीदको नाममा सपथ लिएका छन् । 

भाषाको विवादले डेढ घण्टा ढिलो सपथ

Advertisement

सपथ ग्रहणको समय अपरान्ह ३ बजे निर्धारण गरिएपनि डेढ घण्टा पछि सुरु भएको थियो । मन्त्रीद्वयले मातृभाषा मैथिलीमा सपथ लिने अडान लिएका कारण ढिलो गरि सपथ ग्रहणको कार्यक्रम सुरु भएको थियो । तर कानून अभावका कारण नेपाली भाषामा सपथ लिनु परेको मन्त्री साहले बताए । सपथ ग्रहणलगत्तै उनले मातृभाषामा सपथ सम्बन्धि विधेयक  ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

यसअघि जनता समाजवादी पार्टी नेपालबाट आन्तरिक मामिला तथा सञ्चारमन्त्री रहेका ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री रहेका सरोजकुमार कुशवाहाले राजीनामा दिएका थिए ।