हङ्कङ । किरात याक्खा छुम्मा हङकङको तेश्रो अधिवेशनबाट अध्यक्षमा टोपबहादुर याक्खा (टिबी) चयन भएका छन् ।
छुम्मा हङकङको जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा आइतबार सम्पन्न अधिवेशनले याक्खाको अध्यक्षतमा ११ सदस्यीय समिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा सैलेन्द्र देवान, सचिवमा विज्ञान याक्खा, सह–सचिवमा कुमारी याक्खा, कोषाध्यक्षमा खेमाहाङ जिमी छन् ।
सदस्यहरु क्रमशः देव कुमार याक्खा, चन्द्र याक्खा, अमृता याक्खा, अजय याक्खा र पूर्णजित याक्खा रहेका छन् ।
२०१३ मा स्थापित याक्खा छुम्मा हङकङका संस्थापकअध्यक्ष पूर्ण प्रसाद देवानले छुम्मालाई १० वर्ष (२०१३–२०२३) सम्म कुशल नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
छुम्माका सल्लाहकार किसन देवानको अध्यक्षतामा गठित निर्वाचन मण्डलले सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।
समितिका सल्लाहकारहरुमा क्रमशः पूर्ण प्रसाद देवान, किसन देवान, सुशिल देवान, महेन्द्र विक्रम देवान, सुमन सोम्याहाङ लावती, लिला देवान राई, जित नारायण याक्खा र गंगा प्रसाद याक्खा चयन भएका छन् ।