May 1, 2024, Wednesday
२०८१ बैशाख २०
1:37:26 pm

संविधान बचाएर मात्र चुनावमा जान्छौं : पौडेल

1.8K

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई बचाएर मात्र चुनावमा जाने बताएका छन् । प्रतिनिधिसभा विघटन गरेर संविधानलाई रछ्यानमा पुर्‍याउने काम भएको भन्दै उनले त्यसलाई सच्याउनुपर्ने बताए ।

संसद विघटनको विरोधमा भरतपुर महानगरपालिमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘संविधानलाई बचाएर मात्र चुनावमा जान्छौं । चुनाव आज नभए भोलि होला, भोलि नभए पर्सि होला । ‘

केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको स्मरण गर्दै उनले संसद पूनस्थापना अपरिहार्य रहेको बताए । कम्युनिनस्ट पार्टी फुटेकाले संसद पुनर्स्थापना हुँदा पनि कांग्रेस नै निर्णायक शक्ति बन्ने उनले बताए । पार्टी सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री हुन सम्भावना रहेको भन्दै उनले भने, ‘चुनाव चुनाव भन्न जरुरी छैन ।’

Advertisement

न्यायाधीशहरुको विश्वास गर्दै रहेको भन्दै उनले संविधान पढेर फैसला गरिदिन आग्रह गरे ।