सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भीम आचार्य विजयी भएका छन् । नेपाली काँग्रेसका सीताराम मेहतालाई पराजित गरी आचार्य विजयी बनेका हुन् ।
मतगणना अनुसार आचार्यले ३२ हजार ८ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी मेहताले २६ हजार ५८ मत प्राप्त गरेका छन् ।
आचार्य यसअघि प्रदेश नं १ को सदस्यमा निर्वाचित भइ छोटो अवधिका लागि मुख्यमन्त्रीसमेत बनेका थिए । आचार्यले ०६४ यता हरेक चुनावमा सुनसरीबाट निर्वाचित हुँदै आएका छन् । यसअघि संविधानसभा ०६४ र ०७० को चुनावमा तत्कालीन सुनसरी क्षेत्र नं ६ बाट विजयी भएका थिए भने ०७४ मा सुनसरी क्षेत्र नं १ को १ बाट प्रदेशसभामा निर्वाचित भएर अन्तिम समयमा मुख्यमन्त्री भएका थिए ।
यसपटक सुनसरी क्षेत्र नं २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिँदै विजयी भएका हुन् ।