काठमाडौं । नेकपा एमालेले काठमाडौंमा निर्वाचन केन्द्रित जनप्रदर्शन गरेको छ । एमाले बागमती प्रदेश सम्पर्क कमिटीको आयोजना आइतबार प्रर्दशन गरिएको हो ।
प्रदर्शनमा नेता कार्यकर्ताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर अङ्कित ब्यानर बोकेका थिए ।
उनीहरुले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियन्ता अध्यक्ष ओली र नेकपा एमाले भएको भन्दै पार्टीको पक्षमा चुनावी माहौल बनाउनुपर्ने नाराबाजी गरेका थिए ।