April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नागरिकता विधेयकप्रति सरकार लचक, पुनर्विचार हुने

1.4K

काठमाडौं । प्रतिनिधि सभाको बैठकबाट दोस्रो पटक पारित भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

आइतबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राखेको उक्त विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

संघीय संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरेको सन्देश राष्ट्रिय सभाको आइतबारको बैठकमा वाचन गरिएको थियो । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने क्रममा लेखेको सन्देश वाचन गरेका थिए ।

Advertisement

राष्ट्रपतिले प्रमाणीकरणका लागि प्राप्त भएको १४ दिनपछि गत साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । त्यसक्रममा राष्ट्रपतिले संसद्लाई ८ पृष्ठ लामो सन्देश लेखेकी थिइन् ।

प्रतिनिधि सभाले एक अक्षर पनि तलमाथि नगरी विधेयक पुनः पारित गरेकामा राष्ट्रिय सभामा भने पुनर्विचार हुने भएको छ । चाहेको भए पाँच दलीय गठबन्धनले हुबहु पारित गर्न सक्ने थियो । तर सरकार यहाँनेर लचक देखिएको छ । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते बिहीबार दिउँसो २ः५९ बजे बस्नेछ ।

प्रतिनिधिसभाले विषयगत समितिमा नपठाइ दोस्रो पटक पारित गरेको उक्त विधेयकलाई राष्ट्रिय सभाले भने विधायन समितिमा पठाए पनि विधायन समितिमा एमाले अल्पमतमा देखिन्छ भने सत्तारुढ गठबन्धन बहुमतमा छ । १५ सदस्यीय समितिमा गठबन्धनका ११ जना सांसद छन् भने एमालेका चार जना छन् ।