May 1, 2024, Wednesday
२०८१ बैशाख २०
1:37:26 pm

मौन अवधिमा भोट माग्दै हिँडेका गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, चार घाइते

2.1K

प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिकामा मौन अवधिमा भोट माग्दै हिँडेका दुई समूहबीच झडप भएको छ । बुधबार सत्तारुढ गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको हो ।

झडपामा परी चार जना घाइते भएका छन् । घाइते हुनेमा शंकर विश्वकर्मा, टेकेन्द्र मर्स्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना छन् ।

घाइते मध्ये रमेशलाई थप उपचारका लागि बुटवल लगिएको छ । ३ जनाको सरुमारानीमा नै उपचार भइरहेको छ ।

Advertisement

गाउँमा भोट माग्दै हिँडेका दुई समूहबीच मौन अवधिमा भोट मागेको विषयमा विवाद भएपछि झडप भएको प्रहरीले जनाएको छ ।