November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इलाम-२ मा रास्वपाबाट मिलन लिम्बूले दिए उम्मेदवारी

2K

इलाम । १५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मिलन योङहाङ लिम्बूले उम्मेदवारी दिएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल, रास्वपा सांसद निशा डाँगी, रास्वपाका सह-महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी, तथा बिपिन आचार्यको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका हुन्।

इलाम बजारमा रहेको उम्मेदवार सम्पर्क कार्यालयबाट मन्त्री अर्याल लगायत केन्द्रीय पदाधिकारी र समर्थकहरूले आफ्नो पार्टीको चुनाव चिन्ह घण्टी बजाउँदै ठूलो र्र्यालीसहित मनोनयन दर्ता गराउन गएका हुन्।

Advertisement

लामो समयदेखि पत्रकारिता मार्फत नागरिकको मुद्दालाई जोडदार रूपमा उठाउँदै आएका लिम्बूको उम्मेदवारीलाई इलामका नागरिकहरूले आमनागरिकको उम्मेदवारीको रूपमा लिएर समर्थन गर्दै आएका छन्। इलाममा मात्र नभई देशभरीबाट नै मिलन लिम्बूका लागि उल्लेख्य समर्थन आएको प्रष्ट छ।