काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा बाबु छोरी मृत भेटिएका छन् । शनिबार साँझ ६ बजे रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीको छोरीलाई छुरा प्रहार गरिएको हुनसक्ने देखिएको छ । बुबा किशोर चाहिँ झुण्डिएको अवस्थामा फेला परेका थिए । त्यसैले उनले छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको पहरीको भनाइ छ । छोरी शारीरिकरुपमा अशक्त थिइन् ।
घटनास्थलमा प्रहरीले सुसाइड नोट समेत फेला परेको छ । त्यसमा आर्थिक समस्या लगायत विविध विषय उल्लेख गरिएको प्रहरीको भनाइ छ । किशोरले फार्मेन्सी सञ्चालन गर्दै आएका थिए । घरमा चार जनाको परिवार बस्दै आएको भएपनि शनिबार अरु दुई जना बाहिर थिए ।
घटनाको जाँचबुझका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा बोलाइएको थियो । घटना अपराह्न ३÷४ बजेतिरको हुनसक्ने आशंका गरिएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।