काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धि नै गुम्ने खतरा पैदा भएको बताएका छन्।
तमू ल्होसार, उधौली र योमरी पुन्हिका अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती र निरंकुशतावादीहरु सल्बलाउन थालेको उल्लेख गरेका छन्।
उनले आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एक पटक पुनः संघर्ष गर्नुपर्ने बेला आएको उल्लेख गर्दै सबै समुदायका उपलब्धीहरु गुम्न नदिन एकताबद्ध भई आन्दोलनमा लाग्न सबैलाई आग्रह गरेका छन्।