January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

नेपाली काँग्रेस प्रदेश सभापतिका लागि ६ वटा प्रदेशमा उम्मेदवारी दर्ता

320

काठमाडौं । नेपाली काँग्रेस प्रदेश सभापतिका लागि ६ वटा प्रदेशमा उम्मेदवारी दर्ता भएको छ । सभापतिका लागि संस्थापन पक्ष र संस्थापनइतर पक्षले ६ वटै प्रदेशमा उम्मेदवारी दर्ता गरेका छन् ।

प्रदेश १ मा संस्थापन पक्षबाट उद्धव थापाले उम्मेदवारी दिएका छन् भने संस्थापन इतर पक्षबाट गुरुराज घिमिरेले उम्मेदवारी दिएका छन् ।

त्यस्तै बागमती प्रदेशमा संस्थापन पक्षका इन्द्र बाँनिया र भीमसेनदास प्रधान छन् भने संस्थापन इतर पक्षबाट जगदीश्वरनरसिंह केसीले उम्मेदवारी दिएका छन् ।

Advertisement

गण्डकी प्रदेशमा संस्थापन पक्षबाट अजुनप्रसाद जोशी र संस्थापन इतर पक्षबाट शुक्रराज शर्माले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशमा संस्थापन पक्षका भरतकुमार शाह र
संस्थापन इतर पक्षका अमर सिंह पुनले उम्मेदवारी दिएका छन् ।

कर्णाली प्रदेशमा संस्थापन पक्षबाट ललितजंग शाह, निधि पक्षबाट मोतिराज बम, संस्थापन इतर पक्षबाट भूपेन्द्रजङ्ग शाही रहेका छन् ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा संस्थापन पक्षका वीरबहादुर बलायर
संस्थापन इतर पक्षका नारायण मिश्रले उम्मेदवारी दिएका छन् ।

काँग्रेसको केन्द्रीय सभापतिका लागि हुने प्रतिष्पर्धामा कुन पक्षको पल्लाभारी रहेको देखाउने प्रदेश सभापतिको निर्वाचनलाई चासोका साथ हेरिएको छ । विशेषगरी राजधानी उपत्यकासमेत रहेको बागमती प्रदेश र प्रदेश १ मा धेरैको चासो छ । प्रदेश १ मा डा. शेखर कोइराला र बागमती प्रदेशमा प्रकाशमान सिंहको शक्तिको परीक्षण हुँदै गरेको हुँदा दुवै नेताहरु आफ्नो क्षेत्रमा पक्षका उम्मेदवारलाई जिताउन सक्रिय भएका छन् ।