July 16, 2025, Wednesday
२०८२ श्रावण १
1:37:26 pm

ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्ज्वल विकको शव फेला

1.1K

काठमाडौ । काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ । ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको हो ।

गत मंगलबार कपनस्थित ढलमा खसेर बेपत्ता भएका उज्ज्वलको शव शनिबार साँझ स्थानीयले बागमती नदी किनारमा देखेका थिए ।

कपन मावि लेखेको लुगा लगाएका उनको अनुहार चिन्न गाह्रो हुने खालको रहेको प्रहरीले जनाएको छ ।

Advertisement