November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रधानमन्त्री ओलीद्धारा झापामा २०० जनालाई जग्गाधनी पुर्जा वितरण

480

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेका छन् । भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा शनिबार आयोजित कार्यक्रममा उनले झापाको कनकाई नगरपालिकाका २०० जनालाई जग्गाधनी पुर्जा वितरण गरेका हुन् ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले धनी पूर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताए ।

भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित गरिने पनि उनले जानकारी दिए । भूमिको अधिकतम उपयोग गर्ने, विशेषगरी व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक भएको उनको भनाइ थियो ।

Advertisement