July 17, 2025, Thursday
२०८२ श्रावण १
1:37:26 pm

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भित्रिएको पुष्टि

1.8K

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड-१९ को थप नयाँ भेरियन्ट देखिएको बताएको छ । 

कोभिड-१९ संक्रमितहरुका ३५ वटा नमूनाहरुको जीन सिक्वेन्सिङ गरी प्राप्त नतिजाअनुसार ९७ प्रतिशत (३४ जना)मा बी.१.७१२.२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी.१.७१२.१ पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 

योसँगै नेपालमा हाल कोरोना भाइरसका तीन प्रकार (भेरियन्ट) सक्रिय रहेको मन्त्रालयले जानकारी दिएको छ।

Advertisement

मन्त्रालयले कोरोना संक्रमित ३५ जनाको स्वाब संकलन गरी जिन सिक्वेन्सिङका लागि विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतको सीएसआईआर इन्स्टिच्यूट अफ जेनोमिक्स एण्ड इन्टरग्रेटिभ बायोलोजीमा पठाइएको जनाएको छ । 

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको मन्त्रालयले जनाएको छ ।

हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुबाट पाइएको पनि मन्त्रालयले जानकारी दिएको छ ।