April 26, 2024, Friday
२०८१ बैशाख १५
1:37:26 pm

आज कोरोना संक्रमणबाट १८७ जनाको मृत्यु, ८१६७ जनामा संक्रमण,५४५५ जना संक्रमण मुक्त

1.6K

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १८७ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान ४,८५६ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा गरिएको १७,९७१ पिसीआर र ५७७ ऐन्टिजेन गरी १८,५४८ नमुना परीक्षणमा ८,१६७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज भक्तपुरमा ३४७, ललितपुरमा ४४४ र काठमाडौंमा २१४६ गरी उपत्यकामा २९३७ जना नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका ८,१६७ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

Advertisement

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ५,४५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५,४५५ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ । हालसम्म निको हुनेको यो दर ७४.४ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीका विभिन्न अस्पतालका आइसीयुमा १३३१ जना र भेन्टिलेटरमा ३७० जना उपचाररत छन् ।

त्यसैगरी हाल देशैभरी १ लाख ९ हजार ७४० जना सक्रिय संक्रमित रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा ७,९६९ जना रहेका छन् भने होम आइसोलेशनमा रहनेको संख्या १ लाख १ हजार ७७१ रहेको छ । साथै हाल देशका विभिन्न जिल्लाका क्वारेन्टिनमा ५१६ जना रहेका छन् ।

त्यस्तै हालसम्म पिसीआर प्रविधिबाट २७ लाख ५१ हजार ४८१ नमुना परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।