April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

१६ जना युवकसँग प्रेम सम्बन्ध बनाएर लुट

2.3K

काठमाडौं – भारतको पुणे नजिकै पिम्परी चिन्चबड क्षेत्रमा रहने एक पढेलेखेकी युवतीले यति धेरै युवालाई फसाएर चोरी गरेकी हुन् ।

कोरोना भाइरसको महामारीपछि जागिर छुटेपछि उनले गुजारा चलाउनका लागि नयाँ धन्धा थालेकी हुन् । उनले पैसा कमाउनका लागि गलत बाटो रोजेको आरोप लागेको छ ।

उनले डेटिङका माध्यमबाट १६ युवालाई प्रेमजालमा फसाएर पैसा कमाउने बाटो रोजेकी हुन् । चेन्नईका आशिष कुमारले गत हप्ता प्रहरीमा उजुरी दर्ता गरेपछि यसको वास्तविकता बाहिरिएको हो । 

Advertisement

सयालीले डेटिङ एपमार्फत आशिषसँग चिनजान बढाएपछि पुणे बोलाएर एक होटलमा रहेपछि कोल्डड्रिंकमा नशायुक्त पदार्थ मिसाएर पिलाएकी थिइन् । त्यसपछि सयालीले उक्त युवकको साथमा भएका गहना तथा नगद लुटेर भागेकी थिइन् । 

उनलाई शिखा भनेर पनि बोलाइन्थ्यो । यसरी नै अन्य युवालाई उनले सामाजिक संजालको दुरुपयोग गर्दै उनीहरुको पहुँचमा पुगेर लुट्ने गरेको आरोप उनीमाथि लागेको छ । 

उनले क्राइम ब्रान्च युनिट ४ ले मंगलबार पक्राउ गरेको भारतीय संचारमाध्यमहरुले लेखेका छन् ।